नेकपा माओवादी केन्द्रले शनिबार सबै वडामा अधिबेशन गर्दै छ । वडाको १ बर्षको कार्यकाल रहेको छ । रुकुम पश्चिमका ७३ वडा एक साथ कार्यक्रमको उत्घाटन भएको छ । नेकपा माओवादी केन्द्रले रुकुम पश्चिमका सबै वडामा नयाँ नेतृत्व चुन्दै छ ।
वडा बाट राम्रो कार्यसमिति आउने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । त्यस अन्तर्गत बाँफिकोट गाउँपालिका वडा नम्बर ४ मा चौथो वडा अधिबेशनको उत्घाटन गरिएको छ । कार्यक्रमको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य ईन्द्रीरा बुढा मगर नाथले उत्घाटन गरेकी छिन ।




प्रतिक्रिया