logo

  • १९ कार्तिक २०८२, मंगलवार | Tue, 04 Nov 2025
  • Dark Mode

          Subscribe

    नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका अध्यक्षहरु – तस्बिर सहित

    नेकपा माओवादी केन्द्र बाँफिकोट गाउँपालिका वडा नम्बर १ देखि ९ सम्मका अध्यक्षहरु – तस्बिर सहित

    नेकपा(माओवादी केन्द्र) बाँफिकोट गाउँपालिका,रूकुम (पश्चिम) का वडाको चौथो अधिबेशन सम्पन्न भएको छ । वडा अधिबेशन बाट नयाँ कार्यसमिति चयन भएको छ ।

    वडा नम्बर १ मा बिष्णु मल्लको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ । २ नम्बर वडामा धन बहादुर खत्री को अध्यक्षतामा २१ सदस्यीय,३ नम्बर वडामा लाले ओलिको अध्यक्षतामा १७ सदस्यीय, ४ नम्बर वडामा शसिराम रिजालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य गोर्ख कुसारिले बताए ।

    त्यस्तै वडा नम्बर ५ मा उपेन्द्र केसि को अध्यक्षता १७ सदस्यीय ६ नम्बरमा तप्त पुन को अध्यक्षतामा २५ सदस्यीय, ७ नम्बर वडामा डिल बहादुर कुसारीको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको नेकपा माओवादी केन्द्र बाफिकोट गाउँपालिकाका प्रचारप्रसार बिभाग प्रमुख बालाराम देबकोटाले बताए ।

    ८ नम्बर वडामा रिता बाँठामगर को अध्यक्षतामा २१ सदस्यीय, ९ नम्बर वडामा टेकराज बिस्वकर्माको अध्यक्षतामा १३ सदस्यीय वडा समितहरू निर्बिरोध निर्बाचित भएकाे प्रचारप्रसार बिभाग प्रमुख देबकोटाको भनाई छ ।

    १० नम्बर वडामा विविध कारण सम्मेलन सम्पन्न हुन सकेको छैन । पार्टीको जिल्ला समन्वय समितिको बैठक बाट समयतालिका निर्धारण गर्ने बताएको छ ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १५ भाद्र २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP