logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    चौरजहारी अस्पतालले बीमा वोर्डले दिने रकम अझै पाएन सुत्केरी हुनेको संख्या ८ सय ११ पुग्यो

    चौरजहारी अस्पतालले बीमा वोर्डले दिने रकम अझै पाएन सुत्केरी हुनेको संख्या ८ सय ११ पुग्यो

    रुकुम पश्चिमको चौरजहारी अस्पतालवाट आर्थिक वर्ष २०८१।०८२ मा सुरक्षित प्रसूति सेवा लिने्को संख्या ८ सय १९ रहेको छ । मानव विकास तथा सामुदायिक सेवा द्धारा संचालित चौरजहारी अस्पतालवाट रुकुम पश्चिम, रुकुम पूर्व, सल्यान, जाजरकोट, डोल्पा र सुर्खेत जिल्लाका विभिन्न पालिकावाट अस्पतालमा भर्नाभएर प्रसूति सेवा लिने आमाहरुको संख्या ८ सय १९ पुगेको हो ।

    जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर १ स्याउलीवजार नाखिरामा अवस्थित अस्पतालमा रुकुम पश्चिमको चौरजहारी नगरपालिकावाट ३१०, सानीभेरी गाउँपालिकावाट ११५, आठविसकोट नगरपालिकावाट ८९, मुसिकोट नगरपालिकावाट १२, त्रिवेणी गाउँपालिका १२, वाँफिकोट गाउँपालिका ७, रुकुम पूर्वको भूमेगाउँपालिका १, सिस्नेगाउँपालिका २ वाट जनाले प्रसूति सेवा लिएको अस्पतालको तथ्यांकमा उल्लेख छ ।

    त्यस्तै सल्यान जिल्ला अन्तर्गत कुमाख गाउँपालिकावाट ८६, बनगाड कुपिन्डे नगरपालिकावाट ५ र दार्मा गाउँपालिकावाट ४ जना आमाहरुले प्रसूतिसेवा लिएका छन ।
    भने जाजरकोट जिल्लाको भेरी नगरपालिकावाट ११८, छेडागाड नगरपालिकावाट ८, जुनीचाँदे गाउँपालिकावाट २, शिवालय गाउँपालिकावाट ५, नलगाड नगरपालिकावाट १५, कुशे गाउँपालिकावाट ५ र बारेकोट गाउँपालिकावाट ९ जना आमाहरुले सुत्केरी सेवा लिएको अस्पतालका प्रशासक डिल वहादुर गिरीले जानकारी दिए ।

    त्यस्तै डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकावाट २,ठुलिभेरी नगरपालिकावाट १ र सुर्खेतको सिम्ता गाउँपालिकावाट १ जनाले सुत्केरी सेवा लिएको प्रशासक गिरीको भनाई छ । अस्पतालले जटिल प्रकृतिका सुत्केरीहहरुको लागि सिसेक्सन (शल्यक्रिया) गरी वच्चा निकाल्ने सेवा समेत संचालन गर्दै आईरहेको छ ।
    १ सय वेड क्षमता रहेको अस्पतालमा रुकुम पश्चिम, रुकुम पुर्व, सल्यान, जाजरकोट, डोल्पा, सुर्खेत, लगाएतका जिल्लावाट विरामीहरुले स्वास्थ्य सेवा लिदैआईरहेका छन ।

    जिल्लाको सामुदायिक अस्पताल अन्तर्गत बीमितहरुको लागि प्रथम सेवा विन्दुको रुपमा स्वास्थ्य सेवा प्रदानगर्दै आईरहेको अस्पताललाई बीमा वोर्डले प्रथम सेवा विन्दुको सूचीवाट हटाएपछि यसक्षेत्रका बीमितहरु मर्कामा परेको वताईएको छ ।
    रुकुम पश्चिमको चौरजहारी नगरपालिका लगाएतका क्षेत्रवाट चौरजहारी अस्पतालमा प्रथम सेवा विन्दु गराउने बीमितहरुको संख्या ३८ हजार रहेको स्वास्थ्य बीमा वोर्ड रुकुम पश्चिमका संयोजक कमल डांगीले बताए ।

    जनताहरुले सहजरुपमा स्वास्थ्य सेवा लिनपाउने मौलिकहकलाई ध्यानमा राखेर चौरजहारी नगरपालिका रुकुम पश्चिम र सल्यानको दार्मागाउँपालिकाले स्वास्थ्य बीमा वोर्डलाई प्रथम सेवा बीन्दुवाट नहटाउनको लागि पत्र पठाएको चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले भनाई छ ।
    नियमित रुपमा अस्पतालवाट औषधि सेवन गर्दैआईरहेका दिर्घरोगी, अपांगता भएका व्यक्ति तथा जेष्ठ नागरिकहरु स्वास्थ्य बीमा वोर्डले गरेको उक्त निर्णयवाट मारमा परेको चौरजहारी नगरपालिका वडा नम्वर ७ का स्थानीय दुर्गा प्रसाद शर्माको भनाई छ ।

    स्वास्थ्य बीमा वोर्डले अस्पतालले विरामीहरुको उपचार गरेवातको रकम हाल सम्म भुक्तानी नहुदा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी, तथा औषधि सप्लार्यसहरुलाई भुक्तानी गर्न कठिनाई भैरहेको अस्पताल प्रशासनले जनाएको छ ।
    स्वास्थ्य बीमा वोर्डले चौरजहारी अस्पताललाई भुक्तानी गर्नुपर्ने छ ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ५ श्रावण २०८२ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP