logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    अष्ट्रेलियासँग १८४ रनले हार्‍यो भारत, फाइनल यात्रा कठिन

    अष्ट्रेलियासँग १८४ रनले हार्‍यो भारत, फाइनल यात्रा कठिन

    भारतीय टोलीले १३ वर्षपछि मेलबर्नमा हार बेहोरेको हो । पराजयसँगै भारतलाई टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्न थप कठिन बनेको छ । अब भारतले फाइनल पुग्न अन्य टोलीको नतिजामा भर पर्नु पर्नेछ।​

    सिड्नीमा हुने अर्को टेस्ट पनि जित्नुपर्छ । बराबरी वा हारले टीम इन्डिया दौडबाट बाहिरिनेछ। अब अन्तिम टेस्ट जनवरी ३ देखि सिड्नीमा हुनेछ ।

    भारतका लागि दोस्रो इनिङ्समा यशस्वी जैसवालले सर्वाधिक ८४ रनको इनिङ खेले । उनीबाहेक ऋषभ पन्तले ३० रन बनाए । यी दुईबाहेक अन्य कुनै पनि भारतीय ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

    अष्ट्रेलियाका लागि कप्तान प्याट कमिन्स र स्कट बोल्याण्डले तीन/तीन विकेट लिए । नाथन लियोनले २ तथा मिचेल स्टार्क र ट्राभिस हेडले एक एक विकेट लिए ।

    चौथो दिनको खेल समाप्त हुँदा अष्ट्रेलियाले ९ विकेट गुमाएर २२८ रन बनाएको थियो । पाँचौं दिनको सुरुमा अष्ट्रेलियाको टोली ६ रन जोडेर २३४ रनको स्कोरमा अलआउट भएको थियो र भारतलाई ३४० रनको लक्ष्य दिएको थियो ।

    यस खेलमा अष्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । अष्ट्रेलियाले पहिलो इनिङ्समा ४७४ रनको ठूलो स्कोर बनाएको थियो, जवाफमा भारतले पहिलो इनिङ्समा ३६९ रन बनाएको थियो ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १५ पुष २०८१ सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP