logo

  • १९ कार्तिक २०८२, मंगलवार | Tue, 04 Nov 2025
  • Dark Mode

          Subscribe

    मानब तस्करको झेलोमा दिनेश जेठ २१ गत्ते परिबार सङ्ग अन्तिम कुरा गरेका

    मानब तस्करको झेलोमा दिनेश जेठ २१ गत्ते परिबार सङ्ग अन्तिम कुरा गरेका

    रुकुम पश्चिम सानिभेरी गाउँपालिका-३, गरायलाका दिनेश नकाल विगत ३ वर्षदेखि मानव तस्करीको फन्दामा परेका छन्।
    परिवारका अनुसार दिनेशलाई अमेरिका लैजाने प्रलोभन देखाउँदै मानव तस्कर प्रविन गिरी र तिलक के.सी.ले विभिन्न व्यक्तिका खाता नम्बर र नगद मार्फत करिब ६५ लाख रुपैयाँ उठाएका थिए। त्यसपछि उनलाई दुबई, टर्की र उज्बेकिस्तानसम्म पुर्‍याई पुनः दुबईमै अलपत्र पारेका थिए।

    सोही क्रममा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-राडीका तिलक केसीले दिनेशलाई पश्चिम अफ्रिकी मुलुक गिनीको कोनाक्रीमा पुर्‍याई नेपाल फर्कन नदिई बन्धक सरह राखेको परिवारको आरोप छ।

    दिनेश नकालले परिवारसँग अन्तिम पटक २०८२ जेठ २१ गते सम्पर्क गरेका थिए। त्यसयता उनी परिवार वा अन्य कुनै व्यक्तिसँग सम्पर्कविहीन छन्। लामो समयसम्म सम्पर्क नभएकाले उनलाई योजनाबद्ध रूपमा बेपत्ता पारिएको परिवारको आशंका छ।

    पीडितका दाजु उमेश नकालले दोषी तस्कर प्रविन गिरी र तिलक केसीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गर्दै आवश्यक कानुनी लडाइँ अघि बढाउने बताएका छन्। उनले आफ्ना भाइको तत्काल उद्धार गरी सुरक्षित रूपमा नेपाल फर्काइदिन सरोकारवाला निकायसँग आग्रह गरेका छन्।

    घटनापछि स्थानीयवासीले पनि यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै सरकारले तत्काल कडाइका साथ पहल गर्नुपर्ने माग गरेका छन्।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ३ आश्विन २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP