रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका सहित स्मृति मेला सुरु भएको छ । आजबाट उक्त मेला सुरु भएको बताइएको छ। मेलाको कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले उद्घाटन गर्नुभएको थियो। कार्यक्रम बोल्दै प्रमुख कर्णाली प्रदेश सभा सदस्य मिलन खड्काले खेलकुद देशको प्रेम भएको बताईन । खेल क्षेत्रबाट थुप्रै युबाहरुले देशको नाम राखेको बताउनुभयो ।
आफुले मग्माको रंगशालामा खेल उत्घाटन गर्न पाँउदा खुसी ब्यक्त गर्दै रंगशालाको निम्ति आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
सहिद स्मृति मेला व्यवस्थापन समितिका संयोजक खिम खनालको अध्यक्षतामा भएको मेला उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य खड्काको प्रमुख अतिथिता रहेको थियो। त्यस्तै बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसी नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सचिन रोकाको विशेष अतिथि रहेको थियो।
त्यस्तै मेला उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य तथा समाजसेवी गोर्ख कुसारी , नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका सदस्य धर्मबहादुर केसी , चन्द्रबहादुर शाही , बाँफिकोट गाउँपालिका वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरू विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु समाजसेवीहरु लगायतको सहभागिता रहेको थियो। कमलजंग खनालको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन नवराज खनालले गर्नुभएको थियो।
प्रतिक्रिया