logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    जिल्लाका माध्यमिक विद्यालयबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    जिल्लाका माध्यमिक विद्यालयबिच वक्तृत्वकला प्रतियोगिता सम्पन्न

    रविन विश्वकर्मा

    “समृद्ध लुम्बिनी प्रदेशको ईच्छ, गुणस्तरीय एवंम रोजगारमुलक शिक्षा” शिर्षकमा अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानको आयोजना तथा साहित्य परिषद् प्यूठानको सह आयोजनामा जिल्लाका माध्यमिक विद्यालयबिच मंगलबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । राष्ट्रिय शिक्षा दिवस एवम् संविधान दिवसको अवसरमा प्रतियोगिताको आयोजना गरिएको सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्य प्रसाद न्यौपालेले जानकारी दिए ।

    झिमरुक बहुमुखी क्याम्पसको सभा हलमा सम्पन्न भएको प्रतियोगितामा प्रथम कालिका आवासिय मावि बिजुवारकी छात्रा सन्ध्या भण्डारी, द्वितीय सरस्वती मावि बाङ्गेशालकी छात्रा सावित्रा सुनार, तृतिय बेदविद्या आश्रम स्वर्गद्वारीका आयुष रिजाल र सान्त्वना सारदा मावि सापडाँडाका हिमाल सुनार भएका छन् । प्रतियोगिताका प्रथम, द्धितिय, तृतीय, र सान्तवना हुनेहरुलाई क्रमश नगद रु ७ हजार, ५ हजार, ४ हजार र ३ हजार पुरस्कारसंगै प्रमाणपत्र प्रदान गरिएकोे छ।
    प्रतियोगितामा जिल्लाका २१ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

    प्रतियोगिताको निर्णायक मण्डलमा प्युठान क्याम्पस खलंगा प्युठानका क्याम्पस प्रमुख कल्पना खड्का, स्वर्गद्वारी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख रामकृष्ण शर्मा र शिक्षा विकास तथा समन्वय इकाइ प्युठानका पुर्व प्रमुख शिवराज पण्डित रहनुभएको थियो ।

    सामाजिक बिकास डिभिजन कार्यालय प्यूठानका प्रमुख पुण्य प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जिसिको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको संञ्चालन साहित्य परिषद् प्युठानका कार्यवाहक अध्यक्ष बिमला खनालले गर्नुभएको थियो ।

     



    स्यार्पु खवर स्यार्पु खवर    
  • १ आश्विन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP