logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    सामुदायिक  वनले उपभोक्ताको आयआर्जनमा वृद्धि गर्नुपर्छः पुर्व मन्त्री शर्मा

    सामुदायिक  वनले उपभोक्ताको आयआर्जनमा वृद्धि गर्नुपर्छः पुर्व मन्त्री शर्मा

    पुर्व मन्त्री भीम प्रकाश शर्माले सामुदायिक वनबाट उपभोक्ताले आयआर्जनका कृयाकलाप गर्नुपर्ने बताएका छन ।

    सामुदायिक वनको लगानी बाट उद्योग स्थापना गरि उपभोक्ताको आयआर्जनमा वृद्धि गर्नुपर्ने बताएका हुन ।सामुदायिक वन उपभोक्ता महासंघ नेपालले मंगलबार खलंगामा राखेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा कर्णाली सरकारका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शर्माले सामुदायिक वनको व्यवस्थापनमा नीति र सहकार्यको आवश्यकता औंल्याए ।
    पुर्व मन्त्री शर्माले सामुदायिक वन उपभोक्ताहरूले वन क्षेत्रको संरक्षण र दिगो उपयोगका लागि अग्रसर हुनु जरुरी रहेको बताउँदै भनेः “दीर्घकालीन संरक्षणका लागि उपभोक्ता समूह र सरकारी निकायबीच सहकार्य अपरिहार्य छ। यसले सामुदायिक वनको सही उपयोग र दीगोपन सम्भव बनाउँछ।”

    सामुदायिक वन उपभोक्ता महासङ्घ, सल्यानका अध्यक्ष पुरुषोत्तम भट्टराईले महासघका निर्णयहरु प्रस्तुत गर्दै सामुदायिक वन संरक्षणका क्रममा देखिएका समस्याहरूबारे धारणा राख्दै उपभोक्ताहरूको सक्रिय भूमिकामा जोड दिए ।

    कार्यक्रममा शारदा नगरपालिकाका उपप्रमुख सुस्मिता सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रिय सदस्य प्रेमा अधकिारी र घनश्याम शर्मा, प्रदेश अध्यक्ष भवानी प्रसाद अधिकारी, डिभिजन वन कार्यालय प्रमुख टेक बहादुर रावल, वनस्तपती कार्यालय प्रमुख मित्र पाठक, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले सम्बोधन गरेका थिए।
    सामुदायिक वन महासङ्घका उपाध्यक्ष डम्बर तिरुवाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अरूणा खत्रीले गरेकी थिइन ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १६ पुष २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP