रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको भ्युटावरमा फोहोर मैला बढेको छ । भ्युटावर बाट पुरै स्यार्पुताल देख्न सकिन्छ । वडा पालिकाले ब्यबस्थापनमा ध्यान नदिदा फोहोर मैला बढेको स्थानियको भनाई छ ।
२०६५ सालमा गाउँ बिकास समितिबाट निर्माण गरिएको भ्युटावर जिर्ण बन्दै गएको देखिन्छ । बिशेष गरि बनभोज खान आएका आन्तरिक पर्यटकले फोहोर गरेको बताईन्छ ।
अहिलेसम्म भ्युटावर मर्मतमा कसैले ध्यान दिएका छैन । कम आर्थिक रकम बाट निर्मान हुने अबस्थामा छ । वडा कार्यलयले पहलकदमी लिए पछि निर्माण हुने सम्भाबना रहेको स्थानिय बुद्दिजिबिको भनाई छ ।
भ्युटावर हेर्न र स्यार्पुताल अबलोकन गर्न आउने पर्यटनलाई फोहोरको कारण त्यस ठाउँमा गएको देखिदैन । त्यस ठाउँमा पलास्टिकहरु , दिशा , पिसाब बियरका बोतल , आगो निभेको दाउरा देख्न सकिन्छ । स्थानियका अनुसार त्यस ठाउँलाई चर्फिको रुपमा प्रयोग पनि गरिदै आएको छ ।
प्रतिक्रिया