logo

  • १९ कार्तिक २०८२, मंगलवार | Tue, 04 Nov 2025
  • Dark Mode

          Subscribe

    हो माओवादी जनयुद्धको हिंसा हो

    हो माओवादी जनयुद्धको हिंसा हो

    हो…
    माओवादी जनयुद्ध हिंसा हो।
    सदियौदेखि दोस्रो दर्जाको नागरिक बनाइएका
    महिलालाहरुलाई राज्यको मुल धारमा ल्यायो,
    छुवाछूत जस्तो अमानवीय हिंसा सहेर बसेका
    दलित समुदायलाई बोल्न सिकायो,
    छाती नापेर केवल सेना,प्रहरी र लाहुरेमा मात्रै जागिर पाउने जनजातिहरु लाई मुलधारको राजनीतिमा समाहित बनायो,
    छाक टार्न मुस्किल पर्ने
    गरिब तथा उत्पीडित बर्गलाई सिंहदरवार छिरायो,
    त्येसैले माओवादी जनयुद्ध हिंसा हो।

    बालुवाटार र सिंहदरवारको अधिकार
    गाउँ गाउँमा पुर्यायो,
    पिछडिएका दुर्गम बस्तिमा सडक पुर्यायो,
    अन्धकार सहरमा बिजुली पुर्यायो,
    डोल्पा र हुम्लामा औसधि पुर्यायो,
    घरेलु कामदार र कमैयाहरुलाई
    निशुल्क शिक्षाको पहुँचमा पुर्यायो,
    त्येसैले माओवादी जनयुद्ध हिंसा हो।

    माओवादी जनयुद्ध हिंसा हो भने,
    मुक्ती सेना बनाएर काङ्ग्रेसले गरेको युद्ध के हो ?
    ओलिहरुले खाना खादै गरेका धर्म ढकालहरुको
    टाउको काट्नु के हो ?
    पढ्दै गरेका स्कुले दिलबहादुर लाई
    स्कुल हाता भित्रै गोलि हान्नु के हो ?
    राजनीतिक आस्थाकै कारण
    गाउँ निकाला गर्नु के हो ?
    हो…..
    माओवादी जनयुद्ध हिंसा हो।
    तर,
    मेलगैरीका निर्दोष खत्री बन्धुहरुलाई
    गोलि हान्नु के हो ?
    दुलितिर ३ महिन्ने सुत्केरीलाई
    लेखेटि लखेटि हत्या गर्नु के हो ?
    खाराका बस्तिहरु
    दिउँसै आगो लगाउनु के हो ?
    निर्दोष महिलाहरु लाई
    सामुहिक बलात्कार गरि हत्या गर्नु के हो ?

    हो …
    माओवादी जनयुद्ध हिंसा हो।
    तर,
    जनता मारेर आतंककारी मारियो भन्दै
    राज्यबाट पैसा असुली गर्नु के हो ?
    किसानका भैंसी फुकाएर भिरमा लखेट्नु के हो ?
    नेताहरूका टाउकोको मूल्य तोक्नु के हो ?
    माओवादीको आरोप लगाउदै
    शिक्षकहरुको जागीर खोसिनु के हो ?
    नक्कली माओवादीको नाम भजाएर
    हत्या र आतंक के हो ?
    हो …
    माओवादी ले जनयुद्ध मार्फत हिंसा गर्यो
    तर,
    लाउडा र वाइडबडि काण्ड गरेन,
    महाकाली र कोसि सम्झौता गरेन,
    यति र ओम्नि गरेन,
    कोरानाकालमा
    मास्क र प्याडबाट कमिसन खाएन।
    हो ……
    माओवादी ले हिंसा गर्यो
    तर,
    एन सेल को कर छुट दिएन,
    कुलमानहरुलाई कारवाही गरेन,
    अरबपतिको बिजुली बक्यौता मिनाहा गरेन,
    अध्यादेशबाट शासन गर्ने अभ्यास गरेन।
    हो……
    माओवादीले हिंसा गर्यो,
    तर,
    प्रहरी कुट्ने गुण्डाहरुको बचाउ गरेन,
    बालिका लाई घरेलु कामदार राख्ने
    रेखा शर्माहरु लाई उन्मुक्ति दिएन,
    भुटानि शरणार्थीका नाइकेहरुलाइ
    मन्त्री बनाएन,
    सामाजिक अभियानताहरुलाई जेल हालेन।
    यति फरक छ माओवादी र तपाईहरुमा।
    महान जनयुद्ध जिन्दावाद !
    (तुल देवकोटा ०८१/११/३०)



    स्यार्पु खवर स्यार्पु खवर    
  • ३० माघ २०८१ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP