logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना आईतवार देखि मौसममा सुधार आउने

    उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना आईतवार देखि मौसममा सुधार आउने

    काठमाडौ -आज देशभर बादल लागेको छ । यसको प्रभावले पहाडी जिल्लाहरुमा पानी पर्ने सम्भावना रहेको मौसमविदहरुको भनाई छ । उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

    पश्चिमी वायुको प्रभाव शुक्रबार रातिदेखि नै नेपालमा परेको छ । त्यसैले बादल लागेर राम्रोसँग घाम लागेको छैन । गत २४ घण्टायता गण्डकी प्रदेश र कोशी प्रदेशका एक–दुई स्थानमा पानी परिरहेको छ । सुदूरपश्चिमको डडेलधुरा तथा कैलालीका बचिला र बलिया केन्द्रमा फाटफुट वर्षा रेकर्ड भएको छ ।

    आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी जिल्लाका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यसैगरी उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ ।

    आइतबारदेखि भने मौसममा सुधार आउने छ । पहाडी भूभागमा भने बादल रहिरहने सम्भावना छ । आगामी विहीबारदेखि फेरि पश्चिमी वायुको प्रभाव पर्ने सम्भावना रहेको मौसमविदहरु बताउँछन् ।




    स्यार्पु खवर स्यार्पु खवर    
  • ३ फाल्गुन २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP