logo

  • २२ कार्तिक २०८२, शुक्रबार | Fri, 07 Nov 2025
  • Dark Mode

          Subscribe

    चौरजहारिमा फाल्गुन २२ गत्ते देखि चौथो महोत्सव हुने

    चौरजहारिमा फाल्गुन २२ गत्ते देखि चौथो महोत्सव हुने

    रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा फाल्गुन तेस्रो सातादेखि सांस्कृतिक महोत्सव हुने भएको छ । स्थानीय सहिद स्मृति कला संस्कृति संरक्षण केन्द्रको आयोजनामा वडा नम्बर २ को सेवा केन्द्र स्थित रङ्गशालामा चौथो बृहत चौरजहारी कृषि, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव २०८१ हुने भएको हो ।

    फाल्गुन २२ गतेदेखि सुरुहुने महोत्सव आगामी चैत्र ४ गतेसम्म सञ्चालन हुने मुसिकोटमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको हो ।
    कला, संस्कृति, कृषि, उद्योग व्यापार, चौरजहारी नगरपालिका समृद्धिको आधार भन्ने नाराका साथ महोत्सव आयोजना गर्न लागिएको महोत्सवका निर्देशक एलबि कटुवालले जानकारी दिनुभयो ।

    सहिद स्मृति कला संस्कृति संरक्षण मञ्चको संस्थागत विकासका लागि महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।

    चौरजहारीमा पहिलो महोत्सव भव्य रूपमा सम्पन्न भएको तथा दोस्रो महोत्सव कोरोना महामारी र तेस्रो महोत्सव जाजरकोट भूकम्पका कारण प्रभावित भएकोमा यो पटक भव्य रूपमा संचालन गरिएको उहाँको भनाई छ ।

    महोत्सवमा १ सय ३० वटासम्म व्यापारिक स्टलहरू रहने र स्थानीय व्यापारीलाई स्टलमा २० प्रतिशतसम्म छुट दिइने कटुवालले बताउनुभयो ।

    त्यस्तै महोत्सवमा पल शाह लगायतका राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरूको प्रस्तुति समेत रहने उहाँले जानकारी गराउनुभयो ।

    होटेल शिरशिरको सभाहलमा संचालन गरिएको पत्रकार सम्मेलमा महोत्सव आयोजक समितिका संयोजक राजु जि.आरको अध्यक्षता रहेको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष तुल देवकोटाले संचालन गर्नुभएको थियो



    स्यार्पु खवर स्यार्पु खवर    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP