logo

  • १९ कार्तिक २०८२, मंगलवार | Tue, 04 Nov 2025
  • Dark Mode

          Subscribe

    बाँफिकोट गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न

    बाँफिकोट गाउँपालिकामा हिउँदे अधिबेशन सम्पन्न

    रुकुम पश्चिम – बाँफिकोट गाउँपालिकाको हिउँदे अधिबेशन सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाको सभाहलमा हिउँदे अधिबेशन सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गाबहादुर ओलिले बताउनु भयो । गाउँपालिकामा रहेका शाखा कार्यलयका प्रमुखहरुले शाखाले गरेका कामको प्रतिबेदन पेश गर्नुभएको थियोे ।

    गाउँपालिकामा ८० प्रतिशात कामको सम्झौता भैसकेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ओलिले जानकारी दिनुभयो । त्यस्तै गाउँपालिकाको रोजगार शाखाबाट ३० जनालाई श्रम स्वीकृत गरिदीएको छ । उनिहरु अहिले पैसा कमाउन बिदेश पलायन भैसकेका छन ।

    गाउँपालिकामा आन्तरिक राजस्व बट २९ लाख ६५ हजार ४ सय ५७ रुपैया राजस्व उठेको छ भने बिभाजित राजस्व भने ३ लाख ५४ हजार ९ सय ८६ रुपैया उठेको बताएको छ ।

    गाउँसभामा सबै वडाका अध्यक्ष सदस्यहरुको सहभागीता रहेको थियोे । गाउँपालिका अध्यक्ष जनककुमार बाँठा मगरको अध्यक्षमा भएको गाउँसभा सम्पन्न भएको छ । गाउँसभामा उपाध्यक्ष ताराबुढा केसिले आर्थिक प्रतिबेदन पेश गर्नुभएको थियोे ।
    कार्यक्रमको सन्चालन अधिकृत ओलिले गर्नुभएको थियोे ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २३ फाल्गुन २०८१ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP