logo

  • १८ मंसिर २०८२, बुधबार | Wed, 03 Dec 2025
  • Dark Mode

          Subscribe

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा दुल्लुमा स्वास्थ शिबिर

    सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा दुल्लुमा स्वास्थ शिबिर

    रुकुम पश्चिम  – सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, दुल्लु शाखाले दुल्लु नगरपालिकासँगको सहकार्यमा दुल्लु नगरपालिका वडा नम्बर १० स्थित पञ्चकोशी वेद विद्या आश्रममा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न गरेको छ।

    सो विद्यालयका विद्यार्थीहरू तथा नजिकका समुदायका करिब २ सय जनाले स्वास्थ्य परीक्षण सेवा लिएका छन्, साथै बैंकद्वारा करिब पचास हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको छ।

    उक्त कार्यक्रममा जिल्लाका विशिष्ट चिकित्सकहरू, वडा अध्यक्ष तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो। यसरी हाम्रा ग्राहकहरूसँग प्रत्यक्ष रूपमा जोडिएर थप स्वास्थ्य सेवा प्रदान गर्न पाउँदा बैंक परिवार अत्यन्तै हर्षित भएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक सेवामूलक कार्यक्रमहरूमा संलग्न रहने प्रतिबद्धता बैंक शाखाले व्यक्त गरेको छ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २ चैत्र २०८१ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP