नेकपा (एमाले)का कर्णाली प्रदेश कमिटी सदस्य गंगाराम चनारा नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ।
चनारालाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले काठमाण्डौमा पार्टी प्रवेश गराउनु भएको हो।
चनारा यसअघि माओवादी केन्द्रबाट एमाले प्रवेश गर्नु भएको थियो । उहाँ आठबिसकोट नगरपालिका वडा नम्बर १० को पूर्व अध्यक्ष समेत हुनुहुन्छ।
माओवादी प्रवेश पछि उहाँले विगतमा दुर्घटनाबस एमाले प्रवेश गरेको तर अहिले स्वरूप बदलिएको उल्लेख गर्नुभएको छ । उहाले गम्भीर समीक्षा गरेर माओवादीमा फर्किएको जनाउनु भएको छ ।
प्रतिक्रिया