logo

  • १९ कार्तिक २०८२, मंगलवार | Tue, 04 Nov 2025
  • Dark Mode

          Subscribe

    सानिभेरिमा नगर प्रहरी बालकृष्ण नकाल माथी आक्रमण

    सानिभेरिमा नगर प्रहरी बालकृष्ण नकाल माथी आक्रमण

    सानीभेरीमा नगरप्रहरीमथी आक्रमण

    रूकुम पश्चिम सानीभेरी गाउँपालिकाका नगर प्रहरी बालकृष्ण नकाललाई आक्रमण भएको छ । शनिवार विहान ड्युटीमा रहेका नगर प्रहरी नकालमाथी ३ जनाको टिमले खुकुरी र फलामको रड लिएर सिम्लीबाजरमा आक्रमण गरिएको हो । आक्रमण गर्नेमा सानीभेरी ७ का तिलक रावत, सोहि वडाका शान्ति विक र दिनेश विष्ट रहेका छन्
    नगर प्रहरी नकालले खुकुरी समातेको हात समातेपछी प्रहार गर्न नपाएको र अन्य २ जनाव्यक्तिले ढंगा र ईट्टाले प्रहार गर्दा समान्य घाईते भएका छन् । उनलाई टाउकोमा र शरिरका विभिन्न भागमा चोट लागेको छ ।
    सानीभेरी ८ को पुलबजारमा पुलहाउस संचालन गरेका तिलक रावतलाई नगरप्रहरी गएर व्यवसाय दर्ता गर्न आग्रह गर्दा उक्त घटना सिर्जना भएको बताईएको छ । शुक्रबार साँझ नगरप्रहरी संग झडप भएको र आक्रमणकारी भागेको र विहानै खुकुरी लिएर मार्ने उद्धेश्यले आक्रमण गरेको प्रत्यक्षदर्शी बताउछन् ।

    अहिले आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला पठाएको छ । यसअघि पनि आकमणकारी ज्यानमार्ने उद्योगमा जेल परेको बताईएको छ ।
    दिनदहाडै खुकुरीले आक्रमण गरेको घटनाले सिम्ली बजार त्रसित भएको छ ।आक्रमणकारी रावतले सिम्ली बजारमा पटक पटक व्यक्तीहरूलाई धम्क्याउने, लुटपाट गर्ने गरेकाले नगरप्रहरी माथी आक्रम हुदा समेत पछि मार्ने बचाउन कोही नगएको नगररप्रहरी नकालले बताए ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १३ बैशाख २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP