माओवादी-मध्यपहाडी लाेकमार्ग केन्द्रीत अभियानको बिशाल जनसभा रुकुम पश्चिमको चौरजहारिमा सम्पन्न भएको छ । चौरजहारी नगरपालिका वडा नम्बर २ को शंख पिपलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ( प्रचण्ड ) ले संबोधन गर्नुभएको छ । संबोधन गर्दै अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री प्रचण्डले पार्टीको निम्ति आफू रातदिन नभनेर अभियानमा लागेको बताए ।
पार्टीमा रुकुम पश्चिमका जनतामा देखिएको लस्करले आफू खुसी भएको व्यक्त गरे । पार्टी २०६४ सालदेखि कमजोर भएको र त्यसलाई सुधार्न आफू मध्यपहाडी लोकमार्ग जनजागरण अभियानमा चलाएको अध्यक्ष प्रचण्डको भनाइ थियोे ।
तिथो मिठो भएको भन्दै पार्टी फुटाउनु नहुने कुरा प्रस्ट पारे । पटकपटक पार्टीलाई घात भएको भन्दै जनता सङ्ग मिलेर काम गरेको अध्यक्ष प्रचण्डको भनाइ छ । पार्टीको नितिमा बस्न कार्यकर्तालाई निर्देशन दिए ।
पार्टीमा ठुला ठुला संघर्श भएको र त्यसको तल्लो स्थरका नेताहरुले नमाने थिए । अब आउँदो चुनाबमा पार्टीलाई देशैकै ठूलो पार्टी बनाउने अध्यक्ष प्रचण्डको भनाइ थियोे ।
देशमा ठुलो लडाई भएको भन्दै त्यसलाई समाधानमा आफू लागेको स्मरण गरे । नेता कार्यकर्ताले गाउँ बलियो बनाए पार्टी बलियो हुनेमा अध्यक्ष प्रचण्डको बिश्वास छ ।
आफू भ्रष्टाचारको बिरोधि भएको र भ्रष्टाचार गरेको ब्यक्तिलाई आफू प्रधानमन्त्री भएको बेला प्रहरीलाई निर्देशन दिने प्रधानमन्त्रीमा आफू परेको उनको भनाइ थियोे । पार्टी जनताबाट होईन नेताबाट सुधार्ने कुरामा जोड थियोे ।
रुकुम पश्चिम जनयुद्धको आधार ईलाका भएको र यहाँका जनताले माओवादी पार्टी नछाडेको देखे , आधार ईलाकाका जनताले यस्तै काम गर्नुपर्छ अध्यक्ष तथा पुर्बप्रधानमन्त्री प्रचण्डले जोड गरे ।
जनजागरण अभियानलाई नेकपा माओवादी केन्द्रका उपमहासचिव , संगठन बिभाग प्रमुख प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा ( प्रभाकर ) र पार्टीका केन्द्रिय उपाध्यक्ष अग्नि सापकोटाले संबोधन गरेका थियोे ।
प्रतिक्रिया