नेपाल प्रेस यूनियनको ३४ औं स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण गरिएको छ । जिल्ला शाखा रुकुम पश्चिमले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल सल्ले र खंलगामा रहेको साझा मुराल हस्पिटलमा भर्नाभई उपचारत विरामीलाई फलफुल वितरण गरेको हो ।
जिल्ला अस्पताल सल्लेमा उपचार गराईरहेका ३३ जना र साझा हस्पिटलमा उपचारत ७ जना गरी ४० जना विरामिलाई फलफुल वितरण गरिएको प्रेस यूनियनका जिल्ला अध्यक्ष एवम नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका उपाध्यक्ष सुमित्रा के.सी.ले जानकारी दिईन ।
उपाध्यक्ष के.सी.का अनुसार विरामिलाई स्याउ, केरा वितरण गरिएको थियो । सोही क्रममा विरामीहरुलाई स्वास्थ्य लाभको कामना समेत व्यक्त गरिएको छ ।
फलफुल वितरण कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सचिव प्रमेश्वर भण्डारी, सहसचिव यज्ञबहादुर विष्ट, महाधिवेशन प्रतिनिधी खड्क डाँगी, मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, सल्ले अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जिवन परियार, प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्का, समाजवादी प्रेस संठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया