logo

  • २१ मंसिर २०८२, शनिबार | Sat, 06 Dec 2025
  • Dark Mode

          Subscribe

    दुलिमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते , चालक फरार

    दुलिमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते , चालक फरार

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वटा नम्बर आठ दुलिमा ट्याक्टर दुर्घटना भएको छ ।   छिनखेत देखी मग्मा जोड्ने भित्री सड्क खण्डमा दुली देखी छिनखेत तर्फ ढुङगा लोड गरी  जादै  गरेको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय रुकुम पश्चिमले जनाएको छ ।

    बाँफिकोट गा.पा. १० बस्ने बर्ष  अन्दाजी बर्ष २२ का अबिशेक चन्दले चलाएको ना ६ त ७११३ नं. को  ट्याक्टर आफै अनियन्त्रीत भई सड्क देखी पाँच सय मिटर तल खसेको थियोे ।

    ट्याक्टरमा दुर्घटना हुँदा बाँफिकोट १० का   वर्ष १७ का गोपाल खड्काको निधारम गहिरो काटिएको , अबस्था मघ्यम रहेको बताएको छ । ट्याक्टरमा चालक  र सवार गरी २ जना रहेका थिए ।

     चालकको काजपत्र नभएको  घाइतेलाई उपचारको लागी  जिल्ला अस्पताल सल्लेमा भैरहेको छ । ट्याक्टर पुर्ण रुपमा क्षेती भएको उक्त ट्याक्टर घटना स्थलमा  रहेको चालक फरार रहेको र खोजकार्य भईरहेको प्रहरिको भनाइ छ ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • २५ जेष्ठ २०८२ शनिबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP