रुकुम पश्चिम बाँफिकोट गाउँपालिका लाइ बिपद् सामाग्री हस्तान्तरण गरिएको छ । आइपास नेपाल र सुरक्षित मातृतव संजाल महासंघ नेपाल को साझेदारिमा नेपालमा यौन तथा प्रजनन स्वास्थ्यमा दिगो सवलीकरण तथा जलवायु उत्थानशिल स्वास्थ्य सेवा प्रणाली परियोजनाका कार्यक्रम संयोजक केशर डिसिले बताए ।
बाँफिकोट गाउँपालिका लाइ ६ थान अग्नि नियन्त्रन उपकरण (फायर एक्स्टिेशन),५ थान स्टेचर,१७ थान प्राथमिक उपचार किट बक्स र १० थान त्रिपाल प्रदान गरिएको थियोे ।
सामाग्री ग्रहन गर्दै बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनक कुमार बाँठाले विपद् ब्यवस्थापनमा यस्ता सहयोग ले स्थानिय सरकारलाई थप सहज र सक्षम बनाउने धारण ब्यक्त गरे । अध्यक्ष मगरले बिपदबाट जोगिन स्थानियलाई आग्रह गरे । साथै उक्त कार्यक्रममा उपाध्यक्ष तारा बुढा के सी ले प्राप्त सामाग्री गाउँपालिकाको अति विपद् जोखिम वडामा वितरण गरिने बताईन । अति जोखिम वडाको पहिचान गरिने उनको भनाइ थियो ।
जसले गर्दा विपद्को समयमा तत्काल प्रयोगमा ल्याउन सकिने उपकरणले जनधनको क्षति न्यूनिकरणमा मद्दत पुग्ने छ । बिपदका सामानहरु सुरक्षित राख्ने गाउँपालिकाको भनाई छ । हस्ताक्षर कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काको पनि सहभागीता रहेको थियोे ।
प्रतिक्रिया