रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर चार सिम्तारुमा रहेको बालकल्याण माध्यामिक बिद्यालयक्प स्वामित्वमा रहेको बिद्यार्थी सहायता छात्रवृत्ति अक्षकोषले चन्दादातालाई सम्मान गरेको छ । बिद्यालयमा एक कार्यक्रमका बीच उनिहरुलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक दिपाराम खनालले बताए ।
रोजगारीको शिलशिलामा जापान अमेरिका , कोरिया मलेसिया लगायत देश बाहिर देश भित्रका स्थानीयहरुले आफुले सकेको सहयोग गरेका थिए । त्यस्तै नेपाल प्रहरी , शसत्र प्रहरी बिद्यालयका स्टाप , ब्यबस्थापन समिति समेत पैसा सहयोग गरेका छन ।
अक्षकोषमा १५ लाख ५२ हजार रुपैया संकलन भएको बताएको छ । त्यस पैसाबाट आएको ब्याजले अति गरिब , बिपन्न , आमा बुवा बिहिन बालबालिकालाई कापी कलम झोला बिद्यालय पोशाक बितरण गर्ने बिद्यार्थी सहायता छात्रवृत्ति अक्षकोष समिति अध्यक्ष पबन गिरिले जानकारी दिए ।
शुक्रबार एक कार्यक्रमका बिच चन्दादातालाई सम्मान गरिएको छ । बिधालयको अक्षकोषमा ७८ जना मनकारी ब्यक्तिहरुले सहयोग गरेका थिए । उनिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियोे । उनिहरुलाई गाउँपालिका अध्यक्ष जनककुमार बाँठा , नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती तथा समाजसेबी गोर्ख कुसारीले चन्दादातालाई अबिरआबरण गरेका थिए ।
बिद्यार्थी सहायता छात्रवृत्ति अक्षकोषका अध्यक्ष पबन गिरिको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष बाँठाको प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती सदस्य तथा समाजसेवी कुसारिको विशेष आतिथ्यता रहेको थियोे भने अभिभावक , शिक्षक , बिद्यार्थीको बिशाल जनसहभागीता रहेको बताएको छ ।
शिक्षक चिरञ्जीवी मल्लको स्वागत मनतब्य रहेको कार्यक्रमको संचालन प्रधानाध्यापक तथा बिद्यार्थी सहायता छात्रवृत्ति अक्षकोषका सदस्य सचिब दिपाराम खनालले गरेका थिए ।
प्रतिक्रिया