रुकुम पश्चिमको बाफिकोटको सहिद स्मृति भबनमा तिन दिने पत्रकारिता आधारभुत तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ रुकुम पश्चिमको सहजीकरण , बाँफिकोट गाउँपालिकाको आर्थिक सहयोग , प्रेस सेन्टर नेपाल बाँफिकोटको आयोजनामा तालीम सुरु गरिएको छ ।
प्रमुख प्रशासकिय अधिकृत लेखक खड्काले ब्यानर पढेर उत्घाटन गर्नुभएको हो । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल रेग्मी , सचिब दिपेन्द्र महतरा , कोषाअध्यक्ष सन्देश जैसिले सहजीकरण गरिरहनु भएको छ ।
आज एक कार्यक्रम बिच तालिम उत्घाटन गरिएको छ । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमका उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सचिब दिपेन्द्र महतराको अध्यक्षमा भएको उत्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लेखक खड्काको प्रमुख आतिथ्यता रहेको थियोे ।
त्यस्तै नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मी , पत्रकार महासंघका जिल्ला कोषााअध्यक्ष सन्देश जैसी , प्रेस युनियनका जिल्ला कोषाअध्यक्ष रतन शाही , तरुण दल बाँफिकोटका सभापति बिकाश अधिकारी लगायतको सहभागिता रहेको थियोे भने कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका सहसचिव प्रचण्ड खत्रीले गरेका थिए ।
प्रतिक्रिया