रुकुम पश्चिमको बाँफिकोट वडा नम्बर २ मा रहेको मेलगैरी कृषि सहकारी संस्थाले आफ्नो ८ औं साधारण सभा सम्पन्न गरेको छ। वडाको मेलगैरी शहीद स्मृति पार्कमा साधारण सभा सम्पन्न गरेको हो।
सहकारीका अध्यक्ष लालबहादुर केसीको अध्यक्षता बाट सुरु भएको साधारण सभामा बाँफिकोट गाउँपालिका उपाध्यक्ष तारा बुढा केसीको प्रमुख आतिथ्यता रहेको थियोे । त्यस्तै पूर्व बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको विशेष आतिथ्यता रहेको थियो।
यस्तै ३ नम्बर वडाका पूर्व वडा अध्यक्ष चन्द्रबहादुर केसी, २ नम्बर वडाका पूर्व वडा अध्यक्ष धनबहादुर खत्री, १ नम्बर वडाका वडा अध्यक्ष धनबहादुर खड्का, २ नम्बर वडाका वडा सदस्य द्वय हातिराम बस्नेत र सुनपा दमाई, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।
सहकारीका अध्यक्ष केसीले २०८०/८१ को प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। २०७२ सालमा स्थापना भएको सहकारीमा पुरुष एक सय १४ र महिला दुई सय २६४ गरी तीन सय ६९ जना शेयर सदस्य रहेका छ्न्।
कोषाध्यक्ष लक्ष्मी जैसीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन अनुसार सहकारीले एक वर्षमा १५ लाख ४१ हजार ६ सय २० रुपैयाँ आम्दानी गरेको छ । ब्याज आम्दानी, निवेदन आम्दानी, प्रवेश आम्दानी, पास बुक आम्दानी तथा हर्जना आम्दानी लगायत आठ वटा शीर्षकबाट आम्दानी गरेको हो ।
यस्तै सहकारीले कोठा भाडा खर्च , सञ्चार खर्च, मसलन्द खर्च, सञ्चालक समिति खर्च, लेखा परीक्षण खर्च तथा बचतको ब्याज खर्च लगायतका १७ वटा शीर्षकबाट दश लाख ६४ हजार ६ सय ९१ रुपैयाँ खर्च देखाएको छ। भने सहकारीको चार लाख ७६ हजार नौ सय २९ रुपैयाँ खुद नाफा गरेको छ।
सहकारीको कुल सम्पति एक करोड १२ लाख १४ हजार पाँच सय १७ रुपैयाँ रहेको छ भने सहकारीमा नगद मौज्दात तीन लाख ९५ हजार सात सय ४० रुपैयाँ रहेको छ।
यस्तै सहकारी मार्फत ८९ लाख ६६ हजार पाँच सय ९३ रुपैयाँ कर्जा लगानी गरेको छ ।
सञ्चालक समिति सदस्य देउसरा केसीको स्वागतमन्तव्य रहेको साधारण सभाको सञ्चालन सहकारीका सचिव तेजेन्द्र खत्री गर्नुभएको थियो।
प्रतिक्रिया