रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ४ सिम्तारुमा रहेको बालकल्याण माध्यामिक बिद्यालयमा बिरेन्द्र स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको छ ।
पुन्य तिथिको अवसरमा कोष स्थापना गरिएको हो ।
स्वर्गीय गिरिले लामो समयसम्म बालकल्याण माध्यमिक विध्यालय सिम्तारुमा अध्यापन गराउनुभएको थियोे ।
उहाँका छोरा हरिचन्द्र गिरि र छोरी भवानी गिरिले एक लाख एकाउन्न हजार एक सय एकाउन्न रुपैयाँको चेक अक्ष कोष स्थापना गर्नुभएको हो ।
उहाँहरुले विध्यालय वि.व्य.स. समिती अध्यक्ष कमल दहाल शिक्षक पवन गिरि र निमित्त प्रधानाध्यापक .दिपाराम खनाल लाई चेक हस्तान्तरण गर्नु भएको थियोे । उहाँका छोरा हरिचन्द्र गिरि बिरेन्द्र माबी बाँफिकोटको प्रधानाध्यापक हुनुहुन्छ भने छोरी भवानी गिरि लमहि नगरपालिका अन्तरगत शिक्षा तथा युबा खेलकुद शाखाको अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।
प्रतिक्रिया