रुकुम पश्चिम मुसिकोट नगरपालिकाको माच्मी हुँदै बाँफिकोट गाउँपालिकाको गाराघाट छिनखेत बाँफिकोट स्यार्पु सडक खण्ड निर्माण हुन सकेको छ । कामको जिम्मेवारी लिएको हिमालयन गौरी संखर कन्ट्रन्कसको लापरबाहीका कारण सडकको काम अगाडी बड्न नसकेको हो ।
सडकको कामको मिति सकिन अब केही महिना मात्र बाँकी रहेको छ । काम अहिलेसम्म सम्म अनुमानीत ४० प्रतिशत मात्र सकिएको स्थानियको भनाई छ ।
निर्माण कम्पनीले पटक पटक म्याद थप्ने काम गरेको छ । अबको २०८२ साल जेठ २० गत्ते म्याद सकिदै छ । पटक पटक ठेकेदार निर्माण गरिदिनु आग्रह गर्दा उल्टै धम्काउने काम गरेको स्थानीय बासीहरुको भनाई छ ।
जिरो पोईन्ट माच्मी देखि नेटाबजारको नाउलाको स्कुल सम्म १८ किलोमीटर रहेको छ । काम हेर्दा कछुवाको गतिमा रहेको छ । जिल्ला प्रशासन कार्यलय रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी कुलप्रसाद जिसिले पौष १३ गत्ते उक्त सडक अनुगमन गर्नुभएको थियोे । अनुगमनको क्रममा उहाँले ठेकेदार कम्पनीलाई छिटो – छरितो काम गर्न निर्देशन समेत दिनुभएको थियोे साथै १५ दिन पछि अनुगमन गर्ने र कामको प्रगति हेर्ने उहाँको भनाई थियोे ।
पुर्बाधार बिकास कार्यलय चौरजहारिका कार्यलय प्रमुख रामचन्द्र बिसिले आफू आए देखि कामको गति लिएको बताउनुभयो । अहिलेसम्म नाला र कटिङको काम भैरहेको जानकारी दिनुभएको छ ।
प्रतिक्रिया