बिरस थापा
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले प्रमुख जिल्ला अधिकारिलाई स्वागत तथा सचेतना कार्यक्रम गरेको छ । जिल्लाको त्रिवेणी गाउँपालिकाले रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीलाई स्वागत सँगै विद्यालय र क्याम्पस र युवा क्लबमा युवा लक्षित कार्यक्रम गरेको हो । त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार के सि हिमालको प्रमुख आतिथ्यतामा स्वागत तथा सचेतता कार्यक्रम गरिएको हो । गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी रेउले र प्रमुख प्रशासकीय अधिकृत यज्ञ बहादुर भण्डारिको विशेष आतिथ्यता रहेको थियो । रुकुम पश्चिममा भर्खरै पाल्नुभएका प्रमुख जिल्ला अधिकारी कुल बहादुर जि सि लाई गाउँपालिका अध्यक्ष गणेशकुमार केसि र उपाध्यक्ष राजकुमारी रेउलेको टोलिले खादा मालाले त्रिवेणी गाउँपालिकाको सभाहल खारा नेटामा स्वागत गरिनुका साथै सचेतना कार्यक्रम पनि गरिएको हो । अपराध र अपराधजन्य ,विभिन्न किसिमका दुर्व्यसनीको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताईएको छ ।
जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमको र त्रिवेणी गाउँपालिकाको सहकार्यमा विद्यालय क्याम्पस र युवा क्लब र युवा लक्षित सचेतना कार्यक्रम भएको हो । उक्त सचेतना कार्यक्रममा रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक रमेश विष्टले अपराध अनुसन्धान ,लागुऔषध ,लागू औषधको प्रकार ,त्यसले गर्ने असर ,अवैध लागू औषध ,लागू औषध दुर्व्यसनीका चरणहरु ,लागू औषध दुर्व्यसनिका लक्षणहरु ,बच्ने उपायहरु ,लागुऔषध अन्तर्गत अपराध हुने अवस्थाहरु ,साईबर अपराध ,सामाजिक सञ्जालको सदुपयोग र दुरुपयोग ,बालबालिकामामा हुने विभेद ,वालविवाह ,वालविवाहको असर ,बाल यौन असर ,मानव बेचबिखन ,आत्महत्या ,मानसिक समस्या र मनोसामाजिक परामर्श लगायतका बिषयमा जानकारी गराउनुभएको थियो ।
उक्त स्वागत तथा विद्यालय क्याम्पस र युवा लक्षित सचेतना कार्यक्रममा सशस्त्र प्रहरी बल रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक मदन कुमार धानुक ,राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,त्रिवेणी गाउँपालिकाका १० वटै वडाका अध्यक्षहरु ,वडा सदस्यहरु ,सुरक्षाकर्मी , , क्याम्पसका क्याम्पस प्रमुखहरु ,शिक्षक,विद्यार्थी ,पत्रकार लगायतको उपस्थित रहेको कार्यक्रमको सञ्चालन देव बहादुर ओलि गर्नुभएको थियो
प्रतिक्रिया