logo

  • २२ मंसिर २०८२, आईतवार | Sun, 07 Dec 2025

  • मा.वि.स्तरीय निवन्ध लेखन प्रतियोगितामा भानुभक्त मावि बर्वोट प्रथम

    मा.वि.स्तरीय निवन्ध लेखन प्रतियोगितामा भानुभक्त मावि बर्वोट प्रथम

    प्यूठान । असोज ४ गते महेन्द्र माध्यमिक विद्यालय खलंगामा संञ्चालन भएको मा.वि.स्तरीय निवन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । महेन्द्र मा.वि. नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलको आयोजनामा “ रेडक्रस अभियान, रक्तदान जीवन दान ” शिर्षकमा मल्लरानी गाउँपालिका अन्तर्गतका माध्यमिक विद्यालय बिच संञ्चालन गरिएको निवन्ध प्रतियोगिताको नतिजा आज सार्वजनिक गरिएको हो । प्रतियोगितमा भानुभक्त मावि बर्वोटका उमेश पौडेल प्रथम, महेन्द्र मा.वि. खलंगाका बर्षा केसी द्धितिय र अमर मावि चुँजाका मनोज बिक तृतीय भएका छन् ।

    प्रतियोगितामा प्रथम पुरस्कार १ हजार पाँच सय, द्धितिय पुरस्कार १ हजार २ सय र तृतीय पुरस्कार १ हजार रुपैंया तोकिएको छ । निवन्ध लेखनमा ७ वटा मावि बिद्यालयका ७ जनाको सहभागिता रहेको थियो ।  प्रतियोगिताका प्रथम, द्धितिय र तृतीयलाई नेपाल जुनियर तथा युवा रेडक्रस सर्कल प्यूठानको जिल्ला स्तरीय गोष्ठीमा नगद सहित प्रमाण पत्र प्रदान गर्ने महेन्द्र मा.वि. नेपाल जुनियर तथा युवा रेडक्रस सर्कलका संयोजक तथा शिक्षक कृष्ण केसीले जानकारी दिए ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १३ आश्विन २०८१ आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP