बाँफिकोट गाउँपालिकाको १० औ कार्यपालिकाको बैठक गाउँपालिकाकाको सभाहलमा सम्पन्न भएको छ ।
बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरमा स्थानीय स्तरमा सार्वजनिक बिदा गर्ने निर्णय गरेको गाउँपालिका प्रबक्ता जोगबहादुर चन्दले जानकारी दिनुभयो ।
संघीय समपुरक अनुदान तथा विशेष अनुदान अन्तर्गतका योजना छनौट गरि तपसिलका योजनाहरु माग गर्ने निर्णय समेत भएको प्रबक्ता चन्दको भनाइ छ ।
त्यस्तै बैठकले वडा नम्बर २ जिपु दब्लाङ्ग भेरिखोला सडक निर्माण वडा नम्बर ६ दह खोला सेरे खोला दामाचौर सिचाइ निर्माण गर्ने वडा नम्बर ३ सिमै छरि खानेपानी निर्माण संघीय विशेष वडा नम्बर ५ रातिखोला काडा बडागाउँ स्यार्पु सिचाइ निर्माण विशेष प्रदेश वडा नम्बर ७ रातापानी मैचु ठुला ढुङ्गा डारुगाउँ नदुवा सडक निर्माण समपुरक प्रदेश वडा नम्बर १ थारमारे पालाकोट खानेपानी निर्माण संघ विशेष
वडा नम्बर ८ ढारपानी खोला तुरिधारा बोरागाउँ सडक निर्माण समपुरक प्रदेश योजना निर्माण गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दुर्गाबहादुर ओलिले बताउनुभयो ।
प्रतिक्रिया