logo

  • २७ कार्तिक २०८२, बुधबार | Wed, 12 Nov 2025
  • Dark Mode

          Subscribe

    झारमारेमा जिप दुर्घटना

    झारमारेमा जिप दुर्घटना

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा जिप दुर्घटना भएको छ । मुसिकोट खलङ्गाबाट आठबिसकोटको स्यालाखदी तर्फ जाँदै गरेको बोलेरो जिप झारेमारेमा दुर्घटना भएको खबर प्राप्त भएको छ ।

    घटनाको थप विवरण आइसकेको छैन । गाडी नम्बर रा १ ज ४२२ रहेको र गाडी चालक टोपजंग बुढा रहेको बताइएको छ । जिपमा २० जनाको हाराहारीमा यात्रु रहेको बुझिएको छ । प्रहरी चौकी नदुवाबाट प्रहरी टोली घटनास्थल तर्फ गइरहेको र थप विवरण प्राप्त भई नसकेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।

    ठुलो दुर्घटना भएको जानकारी प्राप्त भएपछि नदुवाबाट प्रहरी घटनास्थल तर्फ लागेको र जिल्लाबाट समेत टोली जान लागेको बताउनुभयो ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • ८ कार्तिक २०८२ शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP