तारा एयरले रुकुम पश्चिम देखि कास्की पोखराको लागि उडान भर्ने भएको छ । प्रतेक शुक्रबार उडान भर्ने तारा एयर रुकुम पश्चिमका ईन्चार्ज लालबिर बोहराले बताए । रुकुम पश्चिम , रुकुम पुर्ब , सल्यान र जाजरकोटका स्थानीय सहज उदेश्यकाका लागि उडान सुरु गरिएको ईन्चार्ज बोहराको भनाई छ ।
रुकुम पुर्व र रुकुम पश्चिमको स्यार्पुताल रुकुम पुर्वको चौरिखर्क बुकिपाटन पुपाल पुर्वाङ र शुन दहजस्ता प्रटकिय क्षेत्रको यात्रा र अबलोकन गर्न सजिलो होस भन्ने उदेश्यले उडान सुरु गरिएको ईन्चार्ज बोहराले बताए । यात्रुहरुले रुकुम पश्चिम र पुर्बको जिल्लाको प्रटकियाक्षेत्रको टेवा पुगोस् भन्ने उदेश्यका साथ उडान गर्न लागेको हो ।
रुकुम पश्चिम देखि कास्की पोखरा पहिलो पटक तारा एयरले उडान भर्न लागेको हो । यस अघि कुनै पनि एयरले उडान भर्न सकेका थिएनन । रुकुम पश्चिम पहिलो पटक गौरवका साथ रुकुम पश्चिमका समाजसेबी लालबिर बोहराको अगुवाइमा उडान भर्न लागेको बताएको छ ।
प्रतिक्रिया