रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सीमा झारमारेमा जिप दुर्घटना भएको छ । मुसिकोट खलङ्गाबाट आठबिसकोटको स्यालाखदी तर्फ जाँदै गरेको बोलेरो जिप झारेमारेमा दुर्घटना भएको हो ।
घटनामा आठ जनाको मृत्यु भएको विवरण आइसकेको छ । गाडी नम्बर रा १ ज ४२२ रहेको र गाडी चालक टोपजंग बुढा रहेको बताइएको छ । जिपमा २० जनाको हाराहारीमा यात्रु रहेको बुझिएको छ । प्रहरी चौकी नदुवाबाट प्रहरी टोली घटनास्थल तर्फ पुगेको र अझ मानबिय क्षेति भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिनुभयो ।
प्रतिक्रिया