logo

  • २८ कार्तिक २०८२, बिहीबार | Thu, 13 Nov 2025
  • Dark Mode

          Subscribe

    खुकुरी प्रहार बाट बिकास अधिकारी घाइते , तीन जना फरार

    खुकुरी प्रहार बाट बिकास अधिकारी घाइते , तीन जना फरार

    रुकुम पश्चिममा खुकुरी प्रहारबाट एक युवा घाइते भएका छन ।  जिल्लाको बाँफिकोट गाउँपालिका –७ निवासी २७ वर्षीय बिकास  अधिकारीलाई अपरिचित व्यक्तिहरुले खुकुरी प्रहार गरेर घाईते बनाएका छन ।

    जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार मङगलबार बिहान मुसिकोट नगरपालिका १३ माछिमीमा अधिकारी माथि खुकुरी प्रहार भएको थियोे  । खुकुरी प्रहारबाट अधिकारीको टाउकोको दुई ठाउँमा गहिरो चोट लागेको बताएको छ ।

    उहाँका अनुसार अधिकारीलाई ‘तपाईलाई राम्रोसँग चिन्छौ, भेटेर मोटरसाईकल किन्ने बारेमा सल्लाह गर्नुछ’ भन्दै नयाँ नम्वरबाट फोन गरेर अपरिचित व्यक्तिहरुले बोलाएको र भेटका क्रममा खुुकुरी प्रहार गरेको बुझिएको छ । खुकुरी प्रहारपछि उनीहरु फरार रहेकोले प्रहरीले खोजीकार्य तिब्र पारेको जनाएको छ । खुकुरी प्रहारमा तीन जना युवाहरु संलग्न रहेको तर आफूले नचिनेको घाईते अधिकारीले प्रहरी समक्ष जानकारी गराउनुभएको छ । 
    घाईते अधिकारीलाई उद्धार गरेर जिल्ला अस्पताल सल्लेमा ल्याईएको र थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । 



    स्यार्पु खवर स्यार्पु खवर    
  • १३ फाल्गुन २०८१ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP