रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३, भाग्ले–कोईलतरि नजिकै सानोभेरी नदीमा एकजनाको शब फेला परेको छ । सानिभेरी नदिको बीच भागमा ३०–३५ वर्ष पुरुष जस्तो देखिने एक शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरि पुनले बताए ।
शव नदीमा दाउरा सँग अट्किएको अवस्थामा फेला परेको र नदीमा पानीको बहाव बढेकाले शब निकाल्न समस्या भएको थियोे । समस्याका बाबजुद नेपाल प्रहरी , सशस्त्र प्रहरी र स्थानीयले सब निकालेका हुन । अहिलेसम्म शवको पहिचान हुन सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखीएको छ । सब पहिचानका लागि केही दिन शब गृहमा राखिने सुचना अधिकारी पुनको भनाई छ । शब निकाल्न सशस्त्र प्रहरी बल गुल्म ४७ नम्बर रुकुमका प्रहरी उपरीक्षक जनदिश चन्द्र हमाल र अनुसन्धान अधिकृत नेप बहादुर राना आफै फिल्डमा खटिएका थिए ।
प्रतिक्रिया