logo

  • ५ आश्विन २०८२, आईतवार | Sun, 21 Sep 2025
  • Dark Mode

          Subscribe

    बाँफिकोट ३ भाग्ले नजिकैको सानीभेरी नदीमा फेला परेको शवको पहिचान खुल्यो

    बाँफिकोट ३ भाग्ले नजिकैको सानीभेरी नदीमा फेला परेको शवको पहिचान खुल्यो

    रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ भाग्ले नजिकै सानिभेरी नदी किनारामा फेला परेको शवको पहिचान खुलेको छ । सानीभेरी नदी किनारामा फेला परेको शव रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ आलाका ३२ वर्षीय वैकुण्ठ मल्लको रहेको बताइएकाे छ ।

    नदीमा दाउरासँग अड्किएको अवस्थामा भेटिएकाे शव सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सहयोगमा निकालिएको थियो । शव नदीबाट निकालेर पहिचानको लागि जिल्ला अस्पताल ल्याइएको थियो । आफन्तले शवको पहिचान गरेको बताइएकाे छ।

    मङ्गलवार बेलुकी ६ बजेतिर कोइलतरीस्थित सानीभेरी नदीको बिच बगरमा काठको मुढामा मानिसको शव अड्किएको भन्ने जानकारी स्थानीयले गराएका थिए ।

    अस्थायी प्रहरी पोस्ट छिनखेतमा जानकारी गराए लगत्तै साथ प्रहरी सहायक निरीक्षक दुर्गबहादुर गुरुङको कमान्डमा ३ जनाको टोली खटिएको थियो । उक्त टोलीले शव नदीको बिचमा रहेकाले पहिचान तथा उद्धार गर्न कठिन रहेको बताएपछि आज जिल्लाबाट टोली खटिएको थियो ।

    सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्मबाट गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक जगदिशचन्द्र हमाल र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हरिप्रसाद पुनको कमान्डमा खटिएको टोलीले शव नदीबाट निकालेको थियाे ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १८ भाद्र २०८२ बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP