logo

  • ५ आश्विन २०८२, आईतवार | Sun, 21 Sep 2025
  • Dark Mode

          Subscribe

    मध्यपश्चिम विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

    मध्यपश्चिम विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठक सम्पन्न

    सुर्खेत, भाद्र १६ गते । मध्यपश्चिम विश्वविद्यालय पाँच वर्षे रणनीतिक योजना निर्माण समितिको दोस्रो पूर्ण बैठक सोमवार वीरेन्द्रनगर, सुर्खेत स्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।
    मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवम् पाँच वर्षे रणनीतिक योजना निर्माण समितिका संयोजक डा. विष्णुकुमार खड्काको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय स्थापनाको मूलभूत उद्देश्य पूरा गर्नुका साथै समयको मागलाई सम्बोधन गर्ने अस्त्रका रुपमा वैज्ञानिक एवम् वस्तुवादी योजना निर्माण गर्ने गरी फ्रेमवर्क तयार पार्ने निर्णय गरेको छ ।
    बैठकमा विज्ञ सदस्यको हैसियतमा योजना विकास तथा अनुगमन निर्देशनालयका पूर्व कार्यकारी निर्देशक प्रा. डा. चन्द्रप्रसाद रिजालले विगतमा भएका प्रयासको समीक्षा सहित भावी योजनाबारे सुझाउनु भएको थियो ।
    बैठकमा सहभागी समितिका सदस्यहरु कर्णाली प्रदेश योजना आयोगका पूर्व सदस्य समेत रहनुभएका उपप्रा. ऋषि खनाल, उपप्रा. डा. रेशमबहादुर विष्ट, उपप्रा. डा. प्रेमकुमारी ढकाल, उपप्रा. डा. अनुप बस्नेत क्षेत्री, उपप्रा. ललितजंग शाही, उपप्रा. कमलराज लम्साल र उपप्रा. अनिल गुरुङले आ-आफ्नो विशेषज्ञताको क्षेत्रका आधारमा राय प्रस्तुत गर्दै विश्वविद्यालयको समग्र योजना निर्माणमा जुट्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
    बैठकको अध्यक्षता गर्नुभएका योजना निर्माण समिति संयोजक एवम् कार्यकारी निर्देशक डा. खड्काले बैठकमा उठेका विषयहरु उपर समष्टिगत रुपमा सम्बोधन हुने गरी संश्लेषणात्मक मन्तव्य सहित दिशानिर्देश गर्नुभएको थियो ।
    बैठकमा विश्वविद्यालयका प्रशासन अधिकृत शेरबहादुर केसी र लेखा अधिकृत रचना विष्टले योजना निर्माणका सन्दर्भमा सदस्यहरुबाट प्राप्त पृष्ठपोषण टिपोट गर्नुभएको थियो ।



    स्यार्पु खवर स्यार्पु खवर    
  • १७ भाद्र २०८२ मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP